सर्लाही । हरिवन उद्योग वाणिज्य संघको आयोजनामा हरिवन फुड फेस्टिबल हुने भएको छ । माघ १८, १९ र २० गते फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा साना ठूला गरी स्टलहरु रहनेछन् ।
फुड फेस्टिबलमा स्वदेशी उत्पादन आफ्नै परिकारलाई प्राथमिकता दिइने छ भने विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् । फुड फेस्टिबलमा गायिका समीक्षा अधिकारीले दमदार प्रस्तुती दिनेछिन् ।
यस्तै फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । फुड फेस्टिबलको सह प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि., जेसीआई हरिवन सिटी लगायतका रहेका छन् । यसैगरी मिडिया पाटनरमा रेडियो सर्लाही रहेको छ ।




