एजेन्सी । बलिउड अभिनेत्री ईशा देवल पति भरत तख्तानीसँग अलग भएकी छन् । धर्मेन्द्र र हेमा मालिनिकी छोरी ईशाले विवाहको १२ वर्षपछि भरतसँग सम्बन्ध विच्छेद गरेको बताएकी छन् ।
भरत तख्तानी र ईशा देवलको अलग भएको खबर लामो समयदेखि चलिरहेको थियो । अहिले ईशा देवल आफ्ना सन्तानसँग भरत तख्तानीको घरमा बसिरहेकी थिइन् तर अब उनीहरू नयाँ घरमा सर्नेछन् ।
पति भरत तख्तानीसँग अलग भएपछि ईशा आमा हेमा मालिनीको बङ्गलामा सिफ्ट हुन लागेकी छिन् । यसका लागि तयारी पनि सुरु भएको बताइएको छ ।
यस बाहेक दम्पतीले बच्चाहरूको हेरचाह गर्ने निर्णय लिएका छन् । उनीहरूको दुई छोरी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ईशा र भरतले सँगै बच्चाहरूको हेरचाह गर्नेछन् ।




