काठमाडौं । यहि आउदो Feb 14 मा Wodden Westfield मा रहेको Hoyts Cinema मा चलचित्र हात्तीछापको Valentine Special रेड कार्पेट शो हुने भएको छ । Canberra मा रहेका सबै प्रेमिल जोडि तथा सबैलाई टिकट काटेर उपस्थित भईदिनुहुन आयोजक पार्टी टाईम नेपालले अनुरोध गरेको छ ।
सामाजिक विषय वस्तुमा आधारित नेपाली कथानक चलचित्र हात्तीछाप अष्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबारबाट प्रदर्शन गरिएको थियो । Red bird production को प्रस्तुति रहेको चलचित्रलाई Party Time Nepal ले क्यानबेरामा प्रदर्शन गरेको थियो ।
यस चलचित्रको पहिलो शो Tuggeranong मा रहेको Limelight Cinema मा शुक्रबार सॉंझ प्रदर्शन गरिएको पार्टि टाइम नेपालका प्रशान्त प्रसॉंइले बताउनुभएको छ । नेपाली सिनेमालाई विदेशी बजारमा व्यवसायीक विस्तार गर्ने उदेश्यले सो चलचित्र प्रर्दशन गरिएको पार्टि टाइम नेपालले जनाएको छ ।
सिमोस सुनुवारद्वारा निर्देशित चलचित्रमा समाजका विभिन्न विषय वस्तुसंगै भूकम्पको दृश्य समावेश गरिनुले पनि चलचित्रलाई थप रोमाञ्चित बनाएको छ । उक्त चलचित्र हेरेका दशर्कहरुले चलचित्रको विषय वस्तु सामाजिक राजनितीक र भुकम्पको समयको ब्याख्या गरिएकाले चलचित्र निकै नै राम्रो रहेको बताएका थिए ।
विदेशमा रहेका नेपालीहरुले स्वदेशी चलचित्र हेर्न पाउने र नेपाली चलचित्रको बजार विस्तारमा थप टेवा पुर्याउन प्रर्दशन गरिएको जनाइएको छ । आफ्ना विशेष साथीहरुलाई रेड कार्पेटमा हात समाएर हिड्ने अवसर नगुमाउन पनि आयोजक Party Time Nepal का अमृत पौडेलले अनुरोध गर्नुभएको छ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, विजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।




