काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सन्दीप लामिछानेलाई विश्वकपका लागि आशावादी रहन सुझाव दिएका छन् । अमेरिकाको भिसाका विषयमा सन्दीपसँग कुरा गर्दै श्रेष्ठले आशावादी रहन भनेका हुन् ।
उनले परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भिसाका लागि पहल गरिरहेको बताउँदै छिट्टै भिसा लाग्ने विश्वास दिलाए । अनुगमनका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका खेलकुद मन्त्रीले श्रेष्ठले सन्दीपसँग भेट गरेका थिए ।




