काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले पराजित भएको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको हो ।
१ सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी २५ रनको योगदान दिए ।
यस्तै आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए ।
यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन मात्रै दिएर ३ विकेट लिए । अन्तिम ओभर गरेका अनुभवि खेलाडी शकिब अल हसनले २ विकेट लिए ।




