एजेन्सी । टी-२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’को अन्तिम खेलमा न्यूजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंग्याएको छ ।
टस हारेर पहिला ब्याटिंङ गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
न्यूजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ किर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । उनले आफ्नो कोटाका सबै ४ ओभर मेडन बलिङ गरेर नयाँ किर्तिमान बनाएका हुन् ।
उनी टी-२० विश्वकपमा सबै ४ ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । साथै फर्गुसन टी-२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने विश्वकै दोस्रो बलर बनेका छन् ।
उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए । न्यूजील्याण्ड यस विश्वकपमा सुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो ।




