एजेन्सी । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा हेडले ४ स्थान सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।
यसअघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् । त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् ।
त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले ४ स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् । टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६ औं स्थानमा छन् भने अलराउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।




