एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको टी-२० विश्वकप २०२४ को फाइनलमा टीम इन्डियाले जित हात पारेपनि रोहित र भारतिय टिमका लागि यो जित त्यति सजिलो थिएन । यो कठिन पिचमा १७७ रनको विशाल लक्ष्य दिए पनि हेनरिक क्लासेनको क्यारिज्म्याटिक इनिङ्सले खेल भारतको काखबाट झन्डै खोस्यो ।
अक्षर पटेल यसको कारण बने । पटेललाई क्लासेनले नराम्रोसँग हाने । अक्षरले १५ औं ओभरमा २४ रन दिएपछि खेल दक्षिण अफ्रिकाको काखमा पुगे जस्तो भयो । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३६ बलमा ५४ रन चाहिएको थियो तर जितका लागि अन्तिम ३० बलमा ३० रन मात्र आवश्यक थियो ।
यस्तो अवस्थामा अक्षर पटेलको निकै खराब ओभरका कारण भारतले खेलमा आफ्नो पकड गुमाएको थियो । जसप्रित बुमराहले १६ औं ओभर बलिङ गरे, जसमा चार रन आए । त्यसपछि अर्को ओभरमा कप्तान रोहित शर्माले हार्दिक पाण्ड्यालाई बलिङ आक्रमणमा ल्याए । हार्दिकले पहिलो बलमै हेनरिक क्लासेनलाई आउट गरे । त्यसपछि टीम इन्डिया खेलमा फर्कियो ।
हार्दिकले बचाए अक्षरको लाज !
ब्याटिङका क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रनको इनिङ खेले । तर, बलिङ गर्दा उनले टीम इन्डियालाई समस्यामा पारे । उनले आफ्नो चार ओभरमा १२ भन्दा बढीको इकोनोमीसहित ४९ रन दिए ।
हेनरिक क्लासेनले अक्षरको ओभरमा कडा प्रहार गरे । हार्दिक पाण्ड्याले अन्तिममा क्लासेन र डेभिड मिलरलाई आउट गर्दै भारतको जित सुनिश्चित गरे । यदि भारतले यो खेल हारेको भए अक्षर पटेललाई खेलको दोषी मानिने थियो । हार्दिकले उनलाई यो कलंकबाट बचाए ।




