धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचारको नियन्त्रणका लागि कडा कदम उठाउनु पर्ने बताएका छन् । उनले भ्रष्टाचार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजायको सट्टा सोमबारीवन काराबासको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
सोमबार जनकपुरधाममा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचारलाई नियन्त्रण गर्न अहिलेको कानुनी व्यवस्था अपर्याप्त रहेको उल्लेख गरे ।
उनले राजनीतिक क्षेत्र र सार्वजनिक निकायका कर्मचारीले विलासी जीवनशैलीका लागि भ्रष्टाचार गर्न थालेको बताउँदै तिनीहरूको तलब कम भएको कारण पनि भ्रष्टाचारको समस्या बढिरहेको बताए ।
मुख्यमन्त्री सिंहले कर्मचारीको तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेमा कडा सजायको व्यवस्था गर्ने र नागरिकसम्म सूचनाको हकको पहुँच विस्तार गर्ने काम गरेमा भ्रष्टाचारमा कमी आउने विश्वास व्यक्त गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेहरू सुशासन चाहँदैन भन्दै बेनामी उजुरी नपरेका खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे ।




