एजेन्सी । आर्यान खान ड्रग्स केसमा पक्राउ परेपछि अभिनेता अर्थात् उनका पिता शाहरुख खानका ड्राइभरसँग पनि एनसीबीले सोधपुछ गरेको छ । ड्राइभर राजेश मिश्रालाई एनसीबीले सोधपुछ गरेको हो ।
एनसीबी सुत्र अनुसार शाहरुख खानका ड्राइभर पनि अनुसन्धानको एक हिस्सा हुन् । अनुसन्धानका क्रममा आर्यान, अरबाज मर्चेन्ट, प्रतीक गाबासँग एक अर्का व्यक्तिको साथ आर्यानको बंगला मन्नतबाट सँगै मर्सिडिज गाडीमा निस्किएका थिए । यी सबै सँगै क्रूज पार्टीका लागि निस्किएका थिए । यो योजना अनुसार नै गरिएको थियो । यसै जानकारी पश्चात एनसीबीले आर्यनको ड्राइभरसँग सोधपुछ गरेको हो ।
याे घटनामा हालसम्म १९ जना पक्राउ परिसकेका छन् । आर्यान यतिबेला जेलमा रात काटिरहेका छन् । गाैरीकाे जन्मदिनमा अदालतले जमानतकाे निवेदन खारेज गरिदिएपछि उनि जेल पुगेका हुन् । गाैरीलाई यो वर्षको जन्मदिनमा सबैभन्दा खराब उपहार मिलेको छ । आर्थर रोड जेलमा एनसीबीका अधिकारीले उनलाई पहिले नै लगेका थिए । तर किला अदालतमा सुनुवाई चलिरहेको थियो । उनी जमानतमा छुट्ने आशा सबैमा थियो तर अदालतले जमानत निवेदन नै खारेज गरिदियो ।
आर्यानसँगै अन्य आरोपीलाई पनि फ्रस्ट फ्लोरको ब्यारेक नम्बर १ मा राखिएकाे छ । अहिलेका लागि उनलाई यूनिफर्म दिइएको छैन । पाँच दिनका लागि सबैलाई क्वारेन्टाइनमा राखिने छ । यदि कसैलाई कोरोनाको लक्षण देखिएमा उनीहरुको परीक्षण गरिने छ । यद्यपी आर्यानसहित सबै ८ आरोपीमा कोरोना नेगेटिभ देखिएको छ ।
सबैलाई कोभिड १९ विरुद्धको दोस्रो डोज खोप लगाइएको छ, त्यसकारण उनीहरुलाई पाँच दिन क्वारेन्टाइनमा राखिने छ । सबैजना कैदी जसरी नै बस्नेछन्, कसैलाई विशेष सुविधा छैन । एनसीबीको कस्टडीमा अहिलेसम्म आर्यानसहित सबै आरोपीहरुलाई उनीहरुको आवश्यकता अनुसार सामानहरु दिइएको थियो । तर जेल गएपछि आर्यनलाई कुनै विशेष ट्रिटमेन्ट मिल्ने छैन ।
उनलाई घरके खानाको अवश्यकता पर्छ भने अदालतको स्वीकृति लिनुपर्नेछ । खैर, अदालतले बाहिरी खाना प्रदान गर्न मनाही गरेके छ । जेलमा बस्नेले जेलकै नियम पालना गर्नुपर्ने छ । जेलमा बिहान ६ बजे उठ्नुपर्छ । ७ बजे नास्ता मिल्नेछ । नास्तामा केवल हलुवा र पुलाऊ मिल्छ । ११ बजे खाना दिइन्छ ।
दिन र रातको खानामा रोटी, तरकारी र दाल, भात मिल्छ । आर्यान सहित कसैलाई पनि जेलभित्र घुम्ने सुविधा हुँदैन, किनकी उनीहरु क्वारेन्टाइनमा रहने छन् । साँझ ६ बजे रातको खाना दिइन्छ । कसैलाई भने ८ बजे दिइन्छ ।




