काठमाडाैं । एक कार्यक्रममा ‘महानायक भनेको के हो ? महानायक कसलाई भन्ने, किने भन्ने ? मैले आजसम्म यसको अर्थ बुझेको छैन’ भनेका शोभित बस्नेतले अहिले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् ।
उनले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायक’ बारे विभिन्न प्रश्न उठाएपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा हुन थालेको थियो । गालीकाे वर्षापछि उनले सामाजिक सञ्जालमा लामाे स्टाटस लेख्दै माफी मागेका हुन् ।
सलोनले सामाजिक सञ्जालमा लेखेका छन् :
माफ गरिदिनुस् नेपाली जनता । समय विडम्बनाको थियो म अल्मलिएका थिए र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाँउमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनु भन्दा अगाडी नै एक महान ब्यक्तिले “नेपालीबाबु” नामक सिनेमा मार्फत् सिनेमा संसार बुझाई दिनुभयो । “कर्म” नामक सिनेमा मा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान् हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्व बुझाएँ ।
जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर,ठूले,आशीर्वाद,हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबै भन्दा सफल अग्रझ ब्यक्ति सँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका शिप सिक्न पाएँ । मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफु । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर ।
मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बाेल्न पनि जानिन । मेरो अहम,मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकेँ, त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो ।
शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहान्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमा बाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो मलाई गलत नबनाई दिनु ।
माफ गर्दिनुस् नेपाली जनता ।।




