एजेन्सी । आज पनि शाहरूख पुत्र आर्यान खानको जमानतलाई लिएर अदालतमा सुनुवाई हुँदैछ । उनी आर्थर रोड जेलमै रहन्छन् या छुट्छन्, त्यसको फैसला आज हुँदैछ । आर्यानलाई आज जमानत मिलेन भने उनी थप पाँच दिनसम्म जेलमा नै रहने छन् । किनकी १५ देखि १९ अक्टोबरसम्म मुम्बई सेसन कोर्ट बन्द रहने छ । साँझ ५ बजेसम्म आर्यानको जमानतको फैसला आउने सम्भावना छ ।
भारतीय सञ्चार माध्यमका अनुसार आर्यन खान कुपन मार्फत् जेलकाे क्यान्टिनबाट केही बिस्कुटकाे प्याकेट, स्यान्क्स र पानीकाे बाेतल खरिद गरिरहेका छन् । ड्रग्स केसमा पक्राउ परेका आर्यनसहित अन्य आरोपीलाई बाँकी कैदीलाई जस्तै जेलबाट कम्बल र ब्लयांकेट दिइएकाे छ ।
आर्यानसहित पक्राउ परेका सबैलाई घरबाट पठाइएको कपडा लगाउने अनुमति दिइएको छ, तर घरबाट पठाइएको खाना खाने अनुमति भने दिइएको छैन । त्यसकारण आर्यान जेलकै खाना खाइरहेका छन् ।
जेलमा बस्नेले जेलकै नियम पालना गर्नुपर्ने छ । जेलमा बिहान ६ बजे उठ्नुपर्छ । ७ बजे नास्ता मिल्नेछ । नास्तामा केवल हलुवा र पुलाऊ मिल्छ । ११ बजे खाना दिइन्छ । दिन र रातको खानामा रोटी, तरकारी र दाल, भात मिल्छ । आर्यान सहित कसैलाई पनि जेलभित्र घुम्ने सुविधा हुँदैन, किनकी उनीहरु क्वारेन्टाइनमा रहने छन् । साँझ ६ बजे रातको खाना दिइन्छ । कसैलाई भने ८ बजे दिइन्छ ।




