एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यान खान आज पनि रिहा भएनन् । अदालतले बुधबार आर्यानसहित पक्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो । क्रूज ड्रग्स केसमा पक्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।
आर्यानका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।
ड्रग्स केसमा फसेका आर्यानको जमानत निवेदन पछिल्लो केही दिनयता सरिरहेको थियो । आज उनलाई जमानत मिल्ने धेरैको आशा थियो, तर उनी अझै केही साता जेलमै रहने भएका छन् ।
बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मिडियामा खासै रमाउन नचाहने युवक हुन् । उनी, अधिकांश समय शान्त देखिन्छन् । मिडियाको अगाडि पनि उनी शान्त रुपमा प्रकट भएको देखिन्थ्यो । उनै, आर्यन विगत केही सातादेखि ड्रग्सको मुद्दामा जेलमा छन् ।




