एजेन्सी । एजेन्सी । आर्यान खान ड्रग्स केसमा एनसीबीले अनन्या पाण्डेसँग आज दोस्रो दिन पनि सोधपुछ गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार २१ अक्टोबरमा अर्थात् हिजो भएको सोधपुछमा एनसीबीले कुनै महत्वपूर्ण प्रमाण भेटेको छ, जुन ड्रग्स केसमा अनन्यासँगको च्याट ठुलो लिंक हो ।
एनसीबीले बोलाएपछि अनन्याको काम रोकिएको छ । एनसीबीले उनको फोन समेत जफत गरेको छ । उनले केही दिनपछि विज्ञापनको सुटिङ गर्नु थियो, तर उनले नभ्याउने देखिएपछि उनको टिमले समय परिवर्तन गरेको छ ।
पहिलो दिन एनसीबीले अनन्यासँग आर्यानसँगको च्याटबारे सोधेको थियो । के तपाईँ आर्यान खानलाई चिन्नुहुन्छ ? आर्यानले ड्रग्स लिएको देख्नुभएको छ ? आर्यान ड्रग्स कोसँग लिन्थे ? के तपाईँले आर्यानसँग ड्रग्स लिनुभएको थियो ? लगायतका प्रश्नको सामना अनन्याले हिजो गर्नु परेको थियो । उनले आर्यानले ड्रग्स लिएकाे नदेखेकाे जवाफ दिएकी थिइन् ।
आर्यानले अनन्यासँग गाँजा ट्राइ गर्ने इच्छा जाहेर गरेको एनसीबीले च्याटमा फेला पारेको छ । यस विषयमा पनि साेधपुछ गरिएकाे छ ।




