एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यान खान जेलमा छन् । ३ अक्टोबरदेखि आर्यान आफ्नो घर मन्नतमा फर्किन पाएका छैनन् । कहिले एनसीबीको हिरासतमा त कहिले न्यायिक हिरासतमा उनको समय बितिरहेको छ । आर्यान जेलमा भिज्न हुन सकिरहेका छैनन्, उनलाई दिन कटाउनै मुश्किल परिरहेको छ ।
उनी जेलमा धार्मिक किताबहरु पढेर समय बिताइरहेका छन् । आर्थर रोड जेलका अधिकारीका अनुसार आर्यान जेलमा राम–सीताको कथा पढिरहेका छन् । उनले जेलको पुस्तकालयबाट दुई किताब लिएका छन् । एक गोल्डन लायन र अर्को राम सीताको कहानीमा आधारित छ ।
जमानत खारेज भएपछि आर्यान निराश छन् । त्यहाँ भएका अधिकारीहरुले उनलाई किताब पढ्न सुझाव दिएका थिए । पुस्तकालयमा मोटिभेस्नल, धार्मिक लगायत थुप्रै किताबहरु छन् ।
परिवारले पनि उनीहरुलाई किताब लगेर दिन सक्छन् । तर किताब केवल धार्मिक र मोटिभेश्नल हुनुपर्छ ।




