काठमाडौं । अभिनेता शाहरुख खानका छोरा आर्यान खान २ अक्टोबरमा ड्रग्स केसमा क्रूज शिपबाट पक्राउ परेका थिए । आइतबार एक प्रमुख साक्षीले एनसीबी अफिसर समीर वानखेडे विरुद्ध गम्भीर आरोप लगाएपछि मुद्दाले नाटकीय मोड लियो ।
साक्षीको पहिचान प्रभाकर सेल रहेको छ । एनसीबीले जारी गरेको प्रेस विज्ञप्तिमा उनको नाम नौ साक्षीको सूचीमा शीर्ष स्थानमा थियो । प्रभाकर साई आर्यन खान लागूऔषध मुद्दामा स्वतन्त्र साक्षी हुन् ।
एनसीबीले यस मामिलामा प्रभाकर सेललाई पञ्चको रूपमा प्रयोग गरेको थियो । प्रभाकर साईले अदालतमा एक प्रतिज्ञापत्र दायर गरी सामाजिक सञ्जालमा एक बयान जारी गरेका छन् । उक्त बयानमा उनले लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीहरु विशेषगरी एनसीबीका अधिकृत समीर वानखेडेमाथि गम्भीर आरोप लगाएका छन् ।
प्रभाकर साईले लगाएको आरोपमा पहिलो दाबी यो हो कि एनसीबीले उनलाई आठ देखि दश खाली कागजमा हस्ताक्षर गर्न भन्यो । प्रभाकर साईको दोस्रो दावी छ कि उनले यस मुद्दामा अर्का स्वतन्त्र साक्षी किरण गोसावीले कसैसँग कुरा गरेको सुनेका छन् कि यस मुद्दामा २५ करोडको डिल गर्नुपर्छ, त्यसमध्ये ८ करोड रुपैयाँ समीर वानखेडेलाई पनि दिइनेछ ।
किरण गोसावीविरुद्ध धोखाधडीको तीन–चार मुद्दा छन् र प्रभाकर भन्छन् कि गोसावीसँग छ–सात महिनादेखि उनी परिचित छन् । यस्तो गम्भीर आरोप प्रभाकर साईले आफ्नो प्रतिज्ञापत्रमा लगाएका छन् ।
यसैबीच, एनसीबीका एक वरिष्ठ अधिकारीले सम्पूर्ण मामिलामा स्पष्टीकरण दिएका छन् । उनले समीर वानखेडेले उनीमाथि लगाएको सबै आरोप अस्वीकार गरेका छन् । आर्यन खान लागुऔषध प्रकरणको अनुसन्धान प्रक्रिया सुरुदेखि नै प्रश्नको घेरामा रहेको छ । एनसीबीद्वारा जारी बयानमा, प्रभाकर साइको पत्रमा एनसीबीको महानिर्देशकलाई अर्को कार्यवाही को लागी पठाइने उल्लेख छ ।
समीर वानखेडे पनि यस केसमा शंकाको घेरामा छन् । उनी यतिबेला मिडियाबाट पनि भागिरहेका छन् ।




