एजेन्सी । २ सेप्टेम्बरमा सिद्धार्थ शुक्लाको आकस्मिक निधन भयो । सिद्धार्थ शुक्लाको निधनले सबैभन्दा बढी झड्का उनकी नजिककी मित्र अर्थात् प्रेमिका शहनाज गिललाई लाग्यो । सिद्धार्थको निधनपछि शहनाजले सामाजिक सञ्जालमा कुनै पोष्ट गरेकी थिइनन् ।
उनले हालसालै रिलिज भएको मूभिको पनि कुनै प्रमोशन गरेकी थिइनन् । सिद्धार्थको निधनको करिब दुई महिनापछि शहनाले पोष्ट गरेकी छिन् । लामो ब्रेकपछि सामाजिक सञ्जालमा फर्किएकी शहनाज गिलले आफ्नो पहिलो पोस्टमा विशेष साथी सिद्धार्थ शुक्लाको नाम लेखेकी छिन् । साथै उनले आफ्नो मित्र सिद्धार्थलाई श्रद्धाञ्जली दिने पनि घोषणा गरेकी छिन् । जसलाई अक्टोबर २९ अक्टोबर अर्थात् दिउँसो १२ बजे रिलिज गरिनेछ ।
शहनाजले सिद्धार्थ शुक्लासँग आफ्नो पुरानो तस्वीर सेयर गरेकी छिन्, जसमा दुवै जना हाँसिरहेका छन् । यो तस्वीर बिग बोस हाउसको हो, जहाँ दुवैले साथमा धेरै मस्ती गरेका थिए । पोस्टरमा ‘तिमी यहीँ छौ’ लेखिएको छ ।
फ्यानले सिद्धार्थ शुक्लाको सम्झनामा गीत रिलिज गर्न लागिएको अनुमान गरेका छन्, जसको टाइटल हो ‘तू यही हे’ । शहनाजले क्याप्सनमा लेखेकी छिन्, ‘तिमी मेरो हौ, र…’ यो बिग बोसमा शहनाजको फेमस डायलग हो, जसमा उनी सिद्धार्थ शुक्लामाथि हक जताउँदै थिइन् । शहनाज सामाजिक सञ्जालमा फर्किएपछि उनका फ्यानहरु खुशी छन् । प्रयोगकर्ताले शेयरनी फर्किएको भन्दै प्रतिक्रिया राखेका छन् ।




