एजेन्सी । यतिबेला सुपरस्टार शाहरुख खानको घर मन्नत निकै चर्चामा छ । किंग खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा जमानत पाएर शनिबार मन्नत फर्किएका छन् । शाहरुख खानको यो बंगला छोराको स्वागतका लागि सजाइएको थियो । मन्नत बाहिर फ्यानको भीड देखिएको थियो । यिनै कारणले मन्नतको चर्चा जताततै हुन्छ । तर के तपाईलाई थाहा छ शाहरुख–गौरीको याे मन्नतकाे वास्तविक नाम के हो ?
मन्नत मुम्बईमा रहेका स्टारहरूको आलिशान बंगला मध्येमा पर्छ । यसलाई मुम्बईको आइकोनिक प्लेस पनि भनिन्छ । किंग खानका फ्यानहरू मुम्बई आउदा मन्नत बाहिर फोटो खिच्न बिर्सँदैनन् । शाहरुख खानले सन् १९९७ मा फिल्म येस बोसको सुटिङका क्रममा मन्नतलाई पहिलो पटक देखेका थिए । त्यतिबेला शाहरुख खानले एक दिन यो बंगला अवश्य किन्ने निर्णय गरेका थिए । त्यतिबेला गुजराती व्यापारी नरिमन दुबास मन्नतमा बस्थे । त्यतिबेला मन्नतकाे नाम विला भियना थियो ।

सन् २००१ मा शाहरुख खानले बंगलाका मालिकसँग भेटेर यो बंगला बाई खोरशेद भानु सञ्जना ट्रस्टसँग किनेका थिए । रिपोर्टका अनुसार शाहरुख खानले याे बंगला १३.३२ करोडमा किनेका थिए । आज यसको मूल्य लगभग २०० करोड छ । शाहरुख खानले बंगला किनेको ४ वर्षसम्म पनि यो भिल्ला भियनाको नाममा दर्ता थियो । त्यसपछि सन् २००५ मा यो बंगलाको नाम आधिकारिक रूपमा मन्नत राखियाे ।

शाहरुख खानको वर्कफ्रन्टको कुरा गर्दा उनका धेरै फिल्म पाइपलाइनमा छन् । ‘जिरो’ फ्लप भएपछि शाहरुख खानले आफ्नो फिल्म निकै सावधानीपूर्वक छनोट गरेका छन् । यो फिल्म पठान अभिनेताको आगामी फिल्म हो, जसमा शाहरुख खानको अपोजिटमा दीपिका पादुकोण छिन् । जोन अब्राहमले पठानमा किङ खानसँग पनि स्क्रिन सेयर गर्ने छन् । शाहरुखका फ्यानहरु यो फिल्मको रिलिजको प्रतिक्षामा छन् ।




