एजेन्सी । बलिउड अभिनेता राजकुमार रावले प्रेमिका पत्रलेखासँग विवाह गर्ने भएका छन् । समाचारका अनुसार नोभेम्बर १० मा उनीहरू विवाह बन्धनमा बाँधिदैछन् । यस समारोहमा परिवार र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । अभिनेताले आफ्ना प्रियजनहरूलाई निमन्त्रणा समेत पठाइसकेका छन् ।
बिहेको तयारी तिव्र रुपमा चलिरहेको छ । राजकुमार राव र पत्रलेखा लामो समयदेखि लिभ इन रिलेशनशिपमा बस्दै आएका छन् । सामाजिक सञ्जालमा पनि दुवैले एकअर्काका लागि पोस्ट सेयर गरेको देख्न पाइन्छ । दुवै सामाजिक सञ्जालमा प्रेमको वर्षा गरिरहेका देखिएका छन् ।

केही समयअघि एक अन्तर्वार्तामा राजकुमार रावले आफू प्रेमिका पत्रलेखासँग विवाह र सन्तानको बारेमा कुरा नगर्ने बताएका थिए । राजकुमार रावले पत्रलेखा मेरो सबैभन्दा मिल्ने साथी भएको बताएका थिए । ‘हामी सिनेमाको बारेमा छलफल गर्छौं र हामी दुवैलाई अभिनय र यात्रा मन पर्छ। हामी केही समयको लागि विवाह र बच्चाहरू छलफल गर्न चाहँदैनौँ । हामी जस्तो छौँ त्यस्तै हुन चाहन्छौँ’, उनले भनेका थिए ।
राजकुमार रावले थप भनेका छन्, ‘मेरी आमाले पत्रलेखालाई भेट्दा उनले मलाई यो केटी तिम्रो जीवनको अन्तिम केटी हुनेछिन्, जसलाई म तिमीलाई भेट्न अनुमति दिँदैछु भनी बताउनुभएको थियो । म कट्टर रोमान्टिक प्रकारको मान्छे हुँ । मेरो पहिलो क्रस तेस्रो कक्षामा थियो, जुन आठौं कक्षासम्म चल्यो । त्यसपछि उनले विद्यालय छोडेकी थिइन् ।’




