एजेन्सी । बलिउडका बादशाह शाहरुख खान करिब एक महिनासम्म छोरा आर्यन खानलाई लिएर चर्चामा रहे । किंग खानले नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाउँदैछन् । रातिदेखि नै उनकाे घरबाहिर किंग खानका फ्यानहरुको घुइँचो लाग्न थालेको थियो ।
शाहरुखले आफ्ना फ्यानबाट धेरै माया पाउँछन् तर उनका आलोचक पनि कम छैनन् । शाहरुख खान सामाजिक सञ्जालमा धेरै पटक ट्रोल भएका छन् । एक पुरानो अन्तर्वार्तामा शाहरुख खानलाई सोधिएको थियो – जब कसैले तपाईँलाई ट्वीटरमा गाली गर्छन् भने त्यसलाई कसरी डिल गर्नुहुन्छ ?
शान्त भएर प्रश्नको जवाफ दिँदै किङ खानले भनेका थिए – ‘कृपया मलाई ट्विटरमा गाली नगर्नुहोस्, मेरो दिल्लीको जनावर जाग्छ, यसमा मज्जा छैन । आउनुहोस् र मलाई गाली दिनुहोस् । मलाई दुर्व्यवहारको बारेमा साँच्चै नराम्रो लाग्छ। म दुर्व्यवहारहरू बचाउनको लागि एक संघ सुरु गर्न चाहन्छु ।’
शाहरुख खानका लागि उनको जन्मदिनमा उपहार बनेर उनका छाेरा घर फर्किएका छन् । उनकाे लागि याे नै जन्मदिनकाे विशेष उपहार बनेकाे छ । पछिल्लो २८ दिनदेखि जेलमा रहेका आर्यन खान घर फर्किएका छन् । आर्यन लागूऔषध मुद्दामा फसेका छन् । आर्यन खान जेलमा हुँदा गौरी र शाहरुखका लागि एक पल बिताउन गाह्रो भयो । शाहरुखले आफ्नो छोरालाई जेलबाट मुक्त गराउनको लागि आफ्नो सम्पूर्ण शक्ति लगाए । अन्ततः उनका छाेरा जमानतमा जेलबाट छुटे, तर केही गतिविधिमा भने प्रतिबन्ध लागेकाे छ ।




