एजेन्सी । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचलाई अष्ट्रेलियाली सुरक्षाकर्मीले हिरासतमा राखेका छन् । कोरोनाविरुद्धको खोप नलगाएर अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पुगेका सर्वियाली नागरिक जोकोविचलाई मेलबर्नमै नियन्त्रणमा लिइएको थियो ।
अष्ट्रेलियाले दोस्रो पटक उनलाई भिसा दिन अस्वीकार गरेको केही दिनपछि उनलाई हिरासतमा लिइएको हो । आइतबार भिसा प्रकरणमा अष्ट्रेलियाको अदालतमा सुनुवाइ हुने तय भएको छ । अदालतमा सुनुवाइ हुनुभन्दा अघिल्लो दिन उनलाई हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
अष्ट्रेलियन ओपनमा उनले खेल्ने खेल भने हालसम्म रद्द गरिएको छैन । आइतबार हुने सुनुवाइपछि खेल्ने वा सर्विया प्रत्यारोपण गरिने भन्ने विषय टुंगोमा लाग्ने जनाइएको छ ।




