काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० क्रिकेट वरीयतामा नेपाल खस्किएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।
आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ । यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो । ओमानमा सम्पन्न चार देशीय टी-२० सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो ।
सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ । उक्त सिरिज जितेको यूएई १२ औं स्थानमा उक्लिएको छ । आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन् ।




