एजेन्सी । भारतमा राष्ट्रिय स्तरबाट क्रिकेट खेल्ने प्राय: खेलाडीसँग करोडपति बनिसकेका छन् । उनीहरू दिनकै लाखौं रूपैयाँ कमाउँछन् । तर, तपाईंलाई थाहा नहुन सक्छ यी खेलाडी कुनै समय चरम गरिबीमा थिए । उनीहरूकाे परिवार निकै सामान्य आर्थिक अवस्थाका थिए । यहाँ यस्तै सामान्य परिवारबाट आएर कराेडाैंपति बनेका ६ चर्चित भारतीय क्रिकेटरको बारेमा चर्चा गरिएकाे छ ।
जसप्रित बुमराह
भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहको नाम विश्व क्रिकेट जगतमा निकै माथि छ। तर, उनी कुनै समयमा निकै गरिब थिए । उनी सात वर्षको हुँदा उनका बुबा जसवीर सिंहको निधन भयो । त्यसपछि उनको जीवनमा बज्रपात आइपरेको थियो। उनीसँग जुत्ता र टी–सर्ट किन्न पैसा समेत हुँदैन थियाे ।
मोहम्मद सिराज
भारतीय टिमका तिव्र गतीका बलर मोहम्मद सिराजको कथा पनि निकै चर्चित छ । उनका बुबा रिक्सा चलाउने गर्थे । सिराजलाई क्रिकेटर बनाउन उनले निकै मिहिनेत गरेका थिए । अन्तमा, उनको भाग्यले पनि साथ दियो । अहिले उनी भारतीय टेस्ट टोलीको एक महत्त्वपूर्ण हिस्सा बनेका छन् ।
क्रुणाल र हार्दिक पाण्ड्या
हार्दिक र कृणाल पाण्ड्या क्रिकेट जगतमा निकै ठूला र चर्चित व्यक्ति हुन् । यी दुई भाईलाई विश्वकै उत्कृष्ट अलराउन्डरमा गनिन्छ । हार्दिकका बुबा फाइनान्सिङको काम गर्थे । तर, त्यसबाट धेरै कमाउन सकेनन् । सन् २०१० मा उनलाई हृदयघात भयो ।
स्वास्थ्य बिग्रिएपछि उनले काम गर्न सकेनन् । जसका कारण घरको अवस्था निकै नाजुक बन्यो । उनको परिवार भाडाको घरमा बस्दै आएका थिए । त्यो समयमा उनी खानेकुरा नपाएर मकै खाएर बस्थे । तर, अहिले यी दुई खेलाडी करोडौं रुपैयाँ कमाउँछन् ।
रविन्द्र जडेजा
विश्वका उत्कृष्ट अलराउन्डर रविन्द्र जडेजा अहिले विलासी जीवन बिताइरहेका छन् । उनको करोडौंको बंगला छ र उनको शाेख पनि निकै ठूलो छ । तर, जडेजाका बुबा सुरक्षा गार्डको काम गर्थे ।
महेन्द्रसिंह धोनी
भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी विश्वका सबैभन्दा धनी र सफल क्रिकेटर हुन् । आज धोनीको कमाई करोडौंमा छ । तर, धोनी पनि एक समय एकदम साधारण परिवारका थिए । आज लाखौं करोडको गाडी र धेरै विलासी घरका मालिक धोनीको बाल्यकाल एकदमै साधारण थियो । टोलीमा प्रवेश गर्नुअघि धोनीले आर्थिक समस्यालाई ध्यानमा राख्दै रेलवेमा टिकट कलेक्टरको जागिर पनि लिएका थिए ।
टी नटराजन
भारतीय टीमका तीब्र गतीका बलर टी नटराजनको बारेमा सारा विश्वलाई थाहा छ । यस खेलाडीको परिवार पहिले निकै गरिब थियो। उनको परिवारमा पाँच सन्तान थिए ।जसलाई राम्ररी हुर्काउन उनका पितासँग पैसा पनि थिएन । तर,नटराजनले आईपीएलमा डेब्यु गरेदेखि नै उनको भाग्य फेरिएको छ ।




