काठमाडौं । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गतका खेलहरू गुमाउने भएका छन् । हाल ओमानमा रहेका शरदले चोटका कारण प्रतियोगिता नै गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले घुँडामा चोट बोकेका छन् । उनले प्रतियोगिता नै गुमाउने भएपछि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कुशल मल्ललाई मौका दिएका छन् ।




