प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।
वडा नम्बर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठन पाठन सम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।
थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।




