काठमाडौं । गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीत र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
गीतको भडियोमा लोमश शर्मा, याम गुरुङ, सेजल पौडेल, पार्वती चौधरी लगायतको फिचरिङ रहेको छ ।




