एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको फिल्म ‘पठान’ ले दोस्रो दिन पनि बक्स अफिसमा धमाका जारी राखेको छ । ‘पठान’ले भारतमा पहिलो दिन ५५ करोड कमाएको थियो । अर्कोतर्फ ओभरसिज कलेक्शनको कुरा गर्दा शाहरुखको फिल्मले १०६ करोड कमाएको छ ।
‘पठान’ले दोस्रो दिन भारतमा करिब ७० करोड रुपैयाँ कलेक्सन गरेको छ । यस अनुसार ‘पठान’ले दुई दिनमा १२५ करोडभन्दा बढी कलेक्सन गरेको छ । योसँगै फिल्मको तमिल र तेलुगु संस्करणले दोस्रो दिन ४.५० करोडदेखि ५ करोड रुपैयाँसम्मको व्यापार गरेको छ ।
बक्स अफिस इन्डियाका अनुसार पठानको हिन्दी संस्करणले दोस्रो दिन ७० करोडको व्यापार गरेको छ । ‘पठान’ दोस्रो दिन यति धेरै कमाउने पहिलो फिल्म बनेको छ । यसले इतिहास बनाएको छ ।
यति मात्र होइन, फिल्मले केरलाबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । त्यहाँबाट फिल्मले १.२२ करोड कमाएको छ । फिल्मले तेलंगाना र आन्ध्र प्रदेशमा पनि राम्रो प्रतिक्रिया पाएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, राष्ट्रिय मल्टिप्लेक्स चेनहरू पीभीआर, आइनक्स र सिनेपोलिसले मात्र ३१.६० करोड रुपैयाँ कलेक्सन गरेको छ । ‘पठान’ले अरु थिएटरभन्दा धेरै कमाएको हो ।




