काठमाडौं । अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका छन् । केही दिन अघि मात्र जन्मघर कैलाली पुगेका खड्काले सरस्वती पूजाको दिन आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन् ।
सामाजिक सञ्जालमा एक्कासी हल्दी लगाउँदै गरेका तस्बिरहरु सार्वजनिक भएपछि धेरैले उनको विवाह हुन लागेको अड्कल गरेका छन् । हिन्दू परम्परा अनुसार व्रतबन्ध नगरी विवाह गर्न मिल्दैन ।
उनी भन्छन्- ‘आज मिती माघ 12 गते बिहीवार 2079 सरस्वती पूजा को मुर्हत मा हाम्रो पुरानो घर ”जन्म घर ” हाम्री ममतामयी आमा बुवा दिदी बहिनी साथी इस्टमित्र छिमेकी अनी नजिक का नातेदार अनी मेरा आदर्णीय पन्डितजि सबैको उपस्थिती र आशिर्वाद संगै म पुष्प खड्का को ब्रतबन्ध काम सम्पन्न गरेउ !! सबै जनालाई मेरो धन्यवाद ❤️🙏’




