काठमाडौं । गायन क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउँदै अगाडी बढ्ने क्रममा गायिका गीता पाण्डेको अको नयाँ गीत ‘विहानी पख’ १२ औं विश्व रेडियो दिवसको अवसरमा अडियो बजारमा आएको छ ।
पछिल्लो समय गायिका पाण्डेको एकपछि अर्को गीत बजारमा आउनेक्रम बढ्दै गएको छ । थुप्रै गीतहरु रेकड भिडियो नबनाउनेहरुलाई पनि नेपाली रेडियोहरुले स्थान दिनुपर्ने गायिका पाण्डे बताउनु हुन्छ । रेडियो धेरैका लागि मनको कुरा बोल्ने रहर रहेको छ । नेपाली कालजयी गीतिहरु सबै नै रेडियोबाट नै बजेका छन् ।
पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत प्रकट पगेनी ‘शिव’का ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित भएका छन् । यस बाहेक प्रणयवेदका ऋचाहरुर (गजल सङ्ग्रह) र अक्षरभरी अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।
तिसको दशकदेखि नै साहित्य साधनामा क्रियाशिल प्रकटका चुलेसीमा…, वर ढले पीपल एक्लै… लगायत दजनौँ गीत चर्चित छन् । यस गीत ‘विहानी पख सपना देखे’ पनि श्रोताहरुले मन पराई दिनु हुनेमा रचनाकार विश्वस्त हुनुहुन्छ ।
‘विहानी पख’ रचनाकार प्रकट पगेनी शिव, संगीतकार राजेश कुमार श्रेष्ठ तथा स्वर गीता पाण्डेले म्युजिक क्लाउडमा रेकड गराएका छन् । गायिका पाण्डेको आफ्नै युट्युव च्यानलमा विशेषत स्वर किन्नरीका गीतहरु प्रस्तुति गरेकी भिडियोहरु राखेकी छिन् ।




