एजेन्सी । सबैसामु आफ्नो कुरा राख्ने बलिउड अभिनेत्री स्वरा भास्करले फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी छिन् । उनले समाजवादी पार्टीका नेता फहाद अहमदसँग विवाह गरेकी हुन् ।
स्वरा एक यस्तो अभिनेत्री हुन्, जो आफ्नो बोल्ने शैलीका लागि परिचित छिन्, यही बानीका कारण उनले धेरै पटक ट्रोलिङको सामना पनि गरिसकेकी छिन् ।
यति हुँदा हुँदै पनि स्वराले आज आफ्नै बलमा सिनेमामा नाम र पैसा कमाएकी छिन् । अभिनेत्री स्वरा भास्करले बलिउड इन्डस्ट्रीमा आफ्नै बलमा राम्रो धन र प्रसिद्धि कमाएकी छिन् ।
स्वराले अभिनयको भरमा मनोरञ्जन क्षेत्रमा गरिन् राज
सन् २००९ मा ‘माधोलाल किप वाकिङ’बाट करियर सुरु गरेकी स्वराले विभिन्न फिल्ममा काम गरिसकेकी छिन् । स्वरा भास्कर एक बलिउड अभिनेत्री हुन् र उनले विगत केही वर्षदेखि आफ्नो अभिनयको बलमा इन्डस्ट्रीमा राज गरिरहेकी छिन् ।
स्वरा भास्करले ‘तनु वेड्स मनुु, ‘रांझना’, ‘प्रेम रतन धन पायो’, ‘टुन वेड्स मनु रिटर्न्स’ जस्ता धेरै फिल्महरूमा सहायक भूमिका निभाएकी छिन् । यीमध्ये अधिकांश चलचित्रले बक्स अफिसमा पनि धमाका मच्चाएका छन् । स्वरा भास्करले अभिनयका अलावा फिल्म निर्माण पनि गर्छिन् ।
स्वराले एउटा फिल्मको कति लिन्छिन् ?
स्वराले अभिनयसँगै कमाईमा पनि ठूला नायिकालाई पछि पारेकी छिन् । चलचित्रको शुल्क बाहेक स्वराको आम्दानीको स्रोत विज्ञापन हो । स्वरा तनिष्क, फर्च्युन आयल, स्प्राइट, आयोडेक्स आदि जस्ता धेरै लोकप्रिय विज्ञापनहरूको हिस्सा रहेकी छन् ।
मिडिया रिपोर्टका अनुसार स्वरा भास्करले एउटा फिल्ममा मुख्य भूमिकाका लागि मोटो रकम लिन्छिन् । रिपोर्टका अनुसार स्वराले एउटा फिल्मको लागि ५ करोड भारु पारिश्रमिक लिन्छिन् ।
स्वराको कति छ सम्पत्ति ?
स्वराको सम्पत्तिको कुरा गर्ने हो भने उनी आजको समयमा करोडौंको सम्पत्तिकी मालिक हुन् । मिडिया रिपोर्टका अनुसार स्वरा भास्करको नेटवर्थ ५.४ मिलियन डलर अर्थात ४४ करोड रुपैयाँभन्दा बढी छ । दिल्लीकी स्वरा भास्करको आज मुम्बईमा आफ्नै घर छ । स्वरा मुम्बईको ३ बीएचके फ्ल्याटमा बस्छिन् । उनीसँग बीएमडब्ल्यू एक्स1 जस्तो कार पनि छ ।




