काठमाडौं । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले शुक्रबार राति सम्पन्न ‘ग्राण्ड फिनाले’मा उपाधि हात पारेका हुन् ।
ग्राण्ड फिनालेमा स्पन्दनसहित आठ जनाले प्रतिस्पर्धा गरेका थिए । उपाधि जितेसँगै उनले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो ।




