काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजी सम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।
पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमध्ये कतिले ५ लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका हुन् । गत बिहिबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरुले पैसा लिएको स्वीकार गरेका छन् ।
उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै लिने गरेको पनि पाइएको छ । केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको छ । कलाकार एवम् युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको हो ।




