एजेन्सी । भूमी पेडनेकर त्यस्ती अभिनेत्री हुन्, जसले आफ्नो मोटो शरीरका साथ बलिउडमा डेब्यू गरेकी थिइन् तर अहिले उनी फिटनेस र सुन्दरताका कारण सुन्दर अभिनेत्रीमध्येकी एक बन्न सफल भएकी छिन् ।
उनले हालैको एउटा अन्तर्वार्तामा आफ्नो जिन्दगीसँग सम्बन्धित रहस्यहरु शेयर गरेकी थिइन् । तीमध्ये एकमा उनले आफ्नो भावि प्रेमी अथवा श्रीमानका बारेमा बताएकी छन् । भूमीका अनुसार उनका प्रेमी अथवा श्रीमान फिल्मका अभिनेता हुने छैनन् ।
भूमी भन्छिन् – ‘यदि मैले कुनै अभिनेतालाई डेट गरेँ भने हाम्रो व्यस्त शेड्यूलका कारण हामी एकअर्कालाई समय दिन सक्छौँ जस्तो मलाई लाग्दैन । यो असम्भव नै हुनेछ । यदि मैले कसैलाई डेट गरेँ भने ती व्यक्ति यो इन्डस्ट्रीको हुने छैनन् । कुनै अभिनेतालाई डेट गर्दा मेरो जिन्दगी सिमित हुन्छ जस्तो मलाई लाग्छ । म जिन्दगीभरी नै फिल्मको कुरा गर्न चाहन्न । त्यसैले म कुनै अभिनेतालाई डेट गर्छु जस्तो लाग्दैन ।’
यसका साथै भूमीले आफ्नो परिवार र संघर्षको बारेमा पनि कुरा गरेकी छिन् । भूमी १८ वर्षको मात्र हुँदा उनका बुबाको निधन भएको थियो । त्यति बेला उनकी बहिनीको उमेर १५ वर्ष थियो । आमाले एकल महिलाकै रुपमा भूमि र उनको बहिनीलाई हुर्काएकी थिइन् ।




