काठमाडौं । श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत एवम् राजु कार्कीको एरेन्ज रहेको छ ।
आफ्नो सन्तानको लागि जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफ्नी आमालाई सम्पर्ण स्वरुप गीत लेखिएको छ । मनमा पिडा र वेदना भएपनि आमा पछिको अभावलाई गीतमा चित्रण गरिएको छ ।
आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसाथ जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । ‘आमा मेरी आमा’लाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।




