एजेन्सी । सुहाना खान अभिनेत्रीभन्दा पहिले फेसनिस्ट हुन्, जसलाई इन्स्टाग्राममा लाखौंले फलो गरेका छन् । सुहाना खानको पछिल्लो फोटोशूट तस्बिरहरू हेडलाइन बनिरहेका छन् किनभने यो फोटोशूट विशेष छ, जसको लागि उनले आफ्नो बंगला मन्नतको बालकनीमा उभिएर सुन्दर पोज दिएकी छिन् ।
उनी निलो साडीमा निकै सुन्दर देखिएकी छिन् । अर्पिता मेहताले सुहानाको नीलो साडी डिजाइन गरेकी हुन् । सुहानाको निलो साडी प्रतिको प्रेम सबैलाई थाहा छ । उनी साथी आलिया कश्यपको इन्गेजमेन्ट पार्टीमा पनि निलो साडी लगाएर पुगेकी थिइन् ।
बलिउड अभिनेत्रीहरुभन्दा कम छैनन् साउथका यी ५ सुपरस्टारका श्रीमतीहरु
सुहाना खानको साडीमा कढाई धेरै जटिल र सुन्दर देखिन्छ । उनले न्यूनतम मेकअप, चन्द्र आकारको झुम्का र निलो बिन्दी लगाएकी थिइन् । एक दिनअघि शेयर गरिएको तस्बिरमा अहिलेसम्म ५ लाखभन्दा बढी लाइक आइसकेको छ ।
सुहानाको तस्बिरमा फ्यानहरूको कमेन्टको बीचमा उनका साथीहरूले पनि तारिफयोग्य कमेन्ट गरेका छन् तर सबैभन्दा बढी ध्यान उनको चर्चित प्रेमी अगस्त्य नन्दाकी बहिनी र आमाको कमेन्टले खिचेको छ । अमिताभकी नातिनी नव्या नवेली नन्दले लेखेकी छिन्– ‘सुन्दर’ ।
न चकलेटी लुक न उचाई, अभिनयको भरमा बलिउडमा राज गर्दैछन् यी कलाकार
यस्तै श्वेता बच्चनले ‘सुन्दर केटी’ भनेर प्रशंसा गरेकी छिन् । सुहाना र अगस्त्य नन्दको डेटिङको अफवाह क्रिसमस पार्टीको समयमा सुरु भएको थियो, जहाँ दुबैको केमेस्ट्रीले मानिसको ध्यान तान्यो । सुहाना चाँडै जोया अख्तरको फिल्म ‘आर्चिज’मा डेब्यु गर्दैछिन् जुन अगस्त्य नन्दको डेब्यु फिल्म पनि हो ।




