एजेन्सी । भोजपुरी नायिकाको चर्चा फ्यानबीच हुने गर्छ । किनभने अभिनेत्रीहरूले आफ्नो अभिनय र शैलीको आधारमा उद्योगमा राम्रो छाप छोडेका छन् । तर, भोजपुरी इन्डस्ट्रीमा पुग्नका लागि यी अभिनेत्रीहरुले धेरै दुख गरेका छन् । यस्ता धेरै अभिनेत्री छन् जसले धेरै कठिनाइको सामना गर्नुपरेको थियो । कास्टिङ काउचको सिकार भएका भोजपुरी इन्डस्ट्रीका ती अभिनेत्रीहरू बारेमा कुरा गर्दैछौं ।
यस सूचीमा पहिलो नाम रानी चटर्जीको छ । रानीले आफ्नो स्टाइलले दर्शकलाई पागल तुल्याएकी छिन् । रानीले मि टू अभियानका क्रममा बलिउड निर्देशक साजिद खानमाथि आरोप लगाएकी थिइन् । अभिनेत्रीले भनेकी थिइन् कि साजिदले उनलाई एउटा आइटम गीतको लागि आफ्नो स्टुडियोमा बोलाएका थिए । यसै क्रममा निर्देशकले रानीलाई तिघ्रा देखाउन आग्रह गरे । यति मात्र होइन, साजिदले रानीलाई उनको स्तनको आकार बारे पनि सोधेका थिए ।
पाखी हेगडे कास्टिङ काउचको सिकार
यो सूचीमा दोस्रो नाम पाखी हेगडेको छ । हाल अभिनेत्री भोजपुरी फिल्मबाट टाढिएकी छिन् । तर, एक अन्तर्वार्ताका क्रममा पाखीले खुलासा गरिन्, ‘करियरको सुरुमा निर्देशकहरूले उनलाई कामको बदलामा सम्झौता गर्न आग्रह गर्थे । इन्कार गर्दा कास्टिङ काउचको सिकार हुनुपर्यो, छिट्टै फिल्म नपाए र खाली बस्दा डिप्रेसन भयो ।
अक्षरा सिंहसँग धेरै अश्लील माग
यो लिस्टमा अक्षरा सिंहको नाम पनि छ । भोजपुरीकी टप अभिनेत्री अक्षरा सिंह आफ्नो प्रोफेशनल लाइफभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण बढी चर्चामा छिन् । एक अन्तर्वार्तामा अक्षराले खुलासा गरेकी थिइन् कि पवन सिंहसँगको ब्रेकअपपछि धेरै निर्देशकले उनीसँग निकै असभ्य माग गरेका थिए । अभिनेत्रीले धेरै अश्लील टिप्पणीको सामना पनि गर्नु परेको थियो ।
अल्फिया शेख पनि कास्टिङ काउचको सिकार
भोजपुरी इन्डस्ट्रीकी हट अभिनेत्री तथा आइटम गर्ल अल्फिया शेख पनि कास्टिङ काउचको सिकार भएकी छिन् । अल्फिया शेखले भोजपुरी सिनेमाका अभिनेता तथा फिल्म निर्देशक हैदर काजमीलाई ‘मी टु’ गरेको आरोप लगाएकी थिइन् । अभिनेत्रीले हैदरमाथि यौन उत्पीडनको आरोप पनि लगाएकी थिइन् ।




