काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । उनले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । अहिले रेखाको गर्भमा शिशु हुर्किरहेको छ ।
गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् ।
रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ भनेर लेखेकी छन् ।




