काठमाडौं । दशैंको छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचल शर्माले आज सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् ।

आँचलका अनुसार फिलिपिन्सको बोराके आइल्यान्डमा उनले यो फोटो खिचाएकी हुन् । उनले क्याप्सन लेखेकी छन्- ‘सन् स्यान्ड एन्ड स्माइल अल डे लङ (दिनभर घाम, बालुवा र मुस्कानहरु)

आँचलले राखेका तस्वीरले प्रशस्तै प्रतिक्रियाहरु जन्माएको छ । कतिले उनलाई ‘हट’ भन्दै फुर्काएका छन् त कतिले ‘विदेश जानासाथ विकिनी लगाउनै पर्ने ?’ भनेर उडाइरहेका छन् ।

हाल आँचल शर्मा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’मा व्यस्त छिन् । उक्त फिल्मको एक चरणको छायाँकन पूरा भएपछि उनी फिलिपिन्स हिँडेकी हुन् ।






