एजेन्सी । आदित्य रोय कपुरको जन्म १६ नोभेम्बर १९८५ मा भएको थियो । ३७ वर्षीय आदित्य सिद्धार्थ र कुणाल कपूरका भाइ हुन् र विद्या बालन उनकी भाउजू हुन् । आदित्यले सन् २००९ मा ‘लन्डन ड्रीम्स’बाट आफ्नो करियर सुरु गरे र त्यसपछि सन् २०१३ मा फिल्म ‘आशिकी २’ मार्फत प्रसिद्धि पाए ।
आदित्य रोय कपुर र अनन्या पाण्डेको डेटिङको खबर यतिबेला चर्चामा छ । हालै एक पार्टीमा दुवैलाई हातमा हात लगाएरसँगै देखिएका थिए । यस बाहेक अनन्याको जन्मदिनमा पनि जोडी सँगै छुट्टी मनाउन गएका थिए । ३० अक्टोबर १९८८ मा जन्मिएकी अनन्या आदित्यभन्दा १३ वर्ष कान्छी छिन् । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने आदित्यले अर्को वर्ष अनन्यासँग विवाह गर्ने योजना बनाएका छन् ।
सन् २०१३ मा रिलिज भएको फिल्म ‘आशिकी २’ले ठूलो पर्दामा धेरै कीर्तिमान बनाएको थियो । फिल्मसँगै यसका गीतहरू पनि ब्लकबस्टर साबित भएका थिए । फिल्ममा आदित्यको अपोजिटमा श्रद्धा कपुर थिइन् र फिल्मको सुटिङका क्रममा दुवै नजिक भएको बताइएको छ । यी दुवै ‘ओके जानु’मा पनि सँगै देखिएका थिए तर त्यसपछि उनीहरुबीच दूरी बढ्यो ।
सन् २०१६ मा आदित्य रोय कपुर फिल्म ‘फितूर’मा देखिएका थिए । अभिषेक कपुरले निर्देशन गरेको यो फिल्ममा आदित्यसँग कट्रिना कैफ थिइन् । फिल्मको सुटिङका क्रममा उनीहरुको प्रेमको चर्चा धेरै भएको थियो । प्रमोशन र फिल्म इभेन्टहरूमा पनि यी दुईबीचको सम्बन्ध प्रस्ट देखिन्थ्यो ।
आदित्य कपूरकी प्रेमिकाको लिस्टमा सोनाक्षी सिन्हाको नाम पनि थपिन्छ । करण जोहरको फिल्म ‘कलंक’को सुटिङका क्रममा उनीहरुको मित्रता निकै बढेको थियो । बलिउड सर्कलमा उनीहरुको प्रेमको चर्चा भएपनि यो सम्बन्ध लामो समय टिक्न सकेन ।
आदित्यको नाम धर्मेन्द्र र हेमा मालिनीकी कान्छी छोरी आहाना देओलसँग पनि जोडिएको छ । भनिन्छ, दुवै गम्भिर सम्बन्धमा थिए तर पछि उनीहरुबीच दूरी बढ्न थाल्यो । विशेष कुरा के छ भने आदित्यभन्दा पहिले रणवीर सिंह पनि आहानासँग प्रेममा थिए ।
फिल्ममा आउनुअघि आदित्यले भिजेको रुपमा आफ्नो करियर सुरु गरेका थिए । त्यही क्रममा उनको भेट रेहा चक्रवर्तीसँग भयो । दुवैबीच गहिरो मित्रता थियो तर पछि उनीहरु अलग भए । यी सुन्दरीहरु बाहेक आदित्य रोय कपुरको नाम निधि अग्रवाल, दिवा धवन र मारियानासँग पनि जोडिएको छ ।




