काठमाडौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सुन्दर हमाल युट्युब च्यानलमार्फत ‘सुन ठिटा हो’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य गरेका छन् । ठूली परि भिर गीतको लोकप्रियतासँगै चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विकले संगीत संयोजन गरेका हुन् ।
सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन् । गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका छन् ।




