काठमाडौं । जर्मनीको चेम्निट्जमा सम्पन्न ‘इन्टरनेशनल वादो कप २०२४’ मा नेपालका तीन खेलाडीले पदक जितेका छन् । नेपालका लागि मिस्ली श्रेष्ठ, राकेश लामा र सुशील पौडेलले पदक जितेका हुन् । प्रतियोगिता अप्रिल १२ देखि १४ सम्म भएको हो ।
इन्टरनेशनल वादो कपमा २०२४ मा ५५ केजीमा मिस्ली श्रेष्ठले सेमी फाइनलमा जर्मनको हंगर ईसडेलालाई ४-३ ले पराजित गर्दै फाइनलमा पुगिन् भने उनले फाइनलमा चेक रिपब्लिककी क्लाउस आञ्जालाई ६-२ ले पराजित गरि स्वर्ण पदक जितेकी हुन् ।

यस्तै ६० केजी तर्फ पहिलो सेमी फाइनलमा राकेश लामाले नाइजीरियाका इयामू इवांस स्कॉटलाई ५-३ स्कोरले पराजित गरी फाइनलमा प्रवेश गरे भने जर्मनका राजा रेहानलाई १-० ले पराजित गरी स्वर्ण पदक जित्न सफल भए ।
यसैगरी ८४ केजीमा सुशील पौडेलले क्वार्टर फाइनलमा जर्मनीका ऑल्ज़ेवस्की पेट्रिकलाई ३-१ ले पराजित गरि सेमी फाइनलमा जर्मनका हाहँ जॉनीसँग ४-१ ले पराजित भई कास्य पदक जित्न सफल भए । नेपालको प्रशिक्षकको जिम्मेवारी प्रभाकर राना मगरले गरिरहनु भएको छ ।




