एजेन्सी । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको हो ।
सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्वाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्वाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए ।
त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २/२ विकेट लिएका थिए । यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आईपीएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
कसले के अवार्ड पाए ?
विजेता – कोलकाता नाइट राइडर्स
उपविजेता – सनराइजर्स हैदरावाद
ओरेन्ज क्याप (सर्वाधिक रन) – विराट कोहली (७४१ रन, १५ खेल)
पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल)
सर्वाधिक चौका – ट्राभिस हेड (६४ चौका, १५ म्याच)
सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)
सिजनको उत्कृष्ट स्ट्राइक रेट – जेक फ्रेजर–म्याकगुर्क (२३४.०४)
क्याच अफ द सिजन – रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे ५)
फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद
पिच र ग्राउन्ड अवार्ड्स – हैदराबाद
प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)




