काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ । त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ ।
विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको जनाइएको छ । भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन् । यसैबीच अमेरिकी दूतावासमा भिसा नदिनु भन्दै निवेदन दिइएको बताइएको छ । यदपी यस्को पुष्टि भएको छैन ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाएका छैनन् । उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए ।




