काठमाडौं । टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब ब्याटिङ गर्यो । डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खचाखच नेपाली समर्थकलाई निराश तुल्याउँदै नेपाली टीम १०६ रनमा अलआउट भएको छ ।
७ हजार २ सय सिट क्षमताको रंगशालामा आज नेपाली समर्थकको एकछत्र राज थियो । नेदरल्यान्ड्सका समर्थक न्यून संख्यामा उपस्थित छन् । पहिलो इनिङपछि प्रतिक्रिया दिँदै नेदरल्यान्ड्सका बलर लोगान भान बिकले नेपाली दर्शकको चर्चा गरेका हुन् ।
उनले भने, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’ उनले खेलमा ३ विकेट लिएका थिए । उनी भन्छन्, ‘हामी सकारात्मक रुपमा ब्याटिङ गर्नेछौं । टप अर्डरे राम्रो खेल्यो भने हामीलाई खासै दवाव पर्छ जस्तो लाग्दैन ।’




