एजेन्सी । जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् । जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२ देश नकआउटमा पुगेका छन् ।
हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् । जसमा समुह ‘ए’बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।
त्यस्तै समुह ‘बी’बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै, समुह ‘सी’बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् ।
त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ । त्यस्तै समुह ‘डी’बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नकआउटमा पुगेको छ । त्यस्तै, नेदरल्याण्डस तेस्रो हुँदै नकआउटमा पुगेको छ ।
त्यसैगरी समुह ‘इ’बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नकआउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नकआउटमा पुगेको छ । त्यस्तै, समुह ‘एफ’बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नकआउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नकआउटमा पुगेको छ ।
अब नकआउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्नेछ । त्यस्तै, पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ । त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्नेछ भने अस्ट्रियाले टर्कीको सामना गर्नेछ ।
त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्नेछ । नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछ ।




