एजेन्सी । टी-२० विश्वकप २०२४ को उपाधि भारतले हात पारेको छ । दक्षिण अफ्रिकाविरुद्ध भारत ७ रनले विजयी भएको हो । भारत विजयी भएसँगै विराट कोहलीले सन्यासको घोषणा गरेका छन् । उनले आफूले अन्तिम पटक भारतका लागि टी-२० खेलेको बताएका हुन् ।
भारत सन् २००७ पछि दोस्रोपटक विश्वविजेता बनेपछि कोहलीले घोषणा गरेका हुन् । फाइनलमा कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
उनले खेल पश्चात भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो, हामीले हासिल गर्न चाहेको यही हो । हामीले हारेको भए पनि मैले घोषणा नगर्ने कुरा होइन । अब नयाँ पुस्ताले खेललाई अगाडि बढाउने समय हो । यो हाम्रो लागि लामो पर्खाइ भएको छ ।’




