एजेन्सी । स्विट्जरल्याण्डसँग पराजित भएपछि साविक विजेता इटाली युरोकप फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिबार राति इटाली स्विट्जरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।
जितसँगै स्वीस टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भारगासले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि गोल हुन सकेन र इटाली प्रतियोगिताबाट बाहिरियो ।




