एजेन्सी । फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
फ्रान्सको जितमा खेलको ८५ औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो । यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ ।
फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै, यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ ।




