एजेन्सी । शाहरुख खानका छोरा आर्यान खानको जमानतबारे आज फैसला हुँदैछ । मुम्बई क्रूज ड्रग्स केसमा फसेका आर्यानको जमानत निवेदन धेरै दिनदेखि सरिरहेको थियो । १४ अक्टोबरमा अदालतमा वकिलको तर्क सुनेपछि फैसला सुरक्षित गरिएको थियो । आज आर्यानको प्रतिक्षा सकिँदै छ ।
एनडीपीएसको विशेष अदालतले आज (बुधबार) आर्यानको जमानतमा फैसला सुनाउने छ । आर्यान यस समय आर्थर रोड जेलमा छन् । १४ अक्टोबरको सुनुवाईपछि न्यायाधीस वीवी पाटीलले जमानत निवेदनको फैसला सुरक्षित राखिसकेका छन् ।
आर्यान खान केस हेरिरहेका जुनियर वकिल एनडीपीएस अदालत पुगेका छन् । सिनियर वकिल अमित देसाई आर्यानको केस लड्नेछन् । अमित पनि अदालत पुगिसकेका छन् । वकिल पाटिल आर्यानको जमानतको फैसला सुनाउने छन् ।
यसैबीच क्रूज ड्रग पार्टी केसमा आर्यानसँग बलिउडकी एक अभिनेत्रीसँगको च्याट एनसीबीले फेला पारेको छ । च्याटमा नसाबारे कुराकानी गरिएको थियो । अदालतमा बहसको समय एनसीबीको टोलीले आरोपीको च्याट अदालतमा पेस गरेको छ । आर्यान र अभिनेत्रीबीचको च्याट पनि त्यसमै सामेल छ । यसबाहेक आर्यानले केही लागुऔषध बिक्रेतासँगको च्याट पनि अदालतमा पेस गरिएको छ ।




