एजेन्सी । भारतवासीले आइतबार करवा चौथ धुमधामले मनाए । अभिनेता रणवीर सिंहले पनि शानदार तरिकाले करवा चौथ मनाएका छन् । रणवीरले करवा चौथमा आफ्नी पत्नी दीपिका पादुकोणका लागि व्रत राखेका थिए । उनले आफनो शो द बिग पिक्चरमा यो कुरा स्वीकारे र हातमा मेहेन्दी पनि लगाए ।
शो को प्रोमोमा उडारिया सिरियलकी अभिनेत्री प्रियांका चौधरी र छोटी सरदारनीकि अभिनेत्री निमरित कौर अहलूवालियाले रणवीरसँगै हातमा करवा चौथको मेहेन्दी लगाएको देख्न सकिन्छ । प्रियंका हातमा व्रतको सामान लिएर रणवीरलाई भन्छिन्, ‘किनकी आज करवा चौथ । तपाईँले पनि आफ्नो दीपिकाको लागि व्रत राख्नु भएको छ, किन तपाईँको हातमा पनि मेहेन्दी नलगाउने त ?’
त्यसपछि रणवीर आफ्नो हातमा दीपिकाको पहिलो अंग्रेजी अक्षर ‘डि’ लेख्छन् ।
यस्तै अभिनेता गोविन्दाले श्रीमती सुनिता आहुजालाई महंगो कार उपहार दिएका छन् । गोविन्दाले इन्स्टाग्राममा तस्बिर सेयर गरेका छन् ।
यस फोटोमा उनी आफ्नो श्रीमतीसँग देखिएका छन् । उनले आफ्नी श्रीमतीलाई कार उपहार दिइरहेको देखिन्छन् । गोविन्दाले आफ्नी श्रीमतीलाई सम्बोधन गर्दै एउटा पोस्ट लेखेका छन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, मेरो माया र मेरा दुई सुन्दर बच्चाहरुको आमा । करवा चौथको शुभकामना। म तिमीलाई माया गर्छु । तिम्रो लागि मेरो माया मापन गर्न सकिँदैन । तर आजको लागि, यो सानो उपहारसँग मापन गरिदेऊ । भगवानले तिमीलाई संसारको सबै खुसी दिउन् । तिमीलाई माया गर्छु मेरी हिरा ।’




